बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको मोडलहरूको परिवर्तन गर्न आवश्यक महशुस भएकाले सरकारले अध्यादेश ल्याएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपालमा सार्वजनिक सेवा प्रसारण नीति कार्यक्रममा बोल्दै उनले एउटा नागरिकले अधिकार पाउन २० वर्ष कुर्नपर्ने, एउटा विधेयक बनाउन ६ वर्ष पनि लाग्ने समस्याको अन्त्यको लागि पनि अध्यादेश ल्याउन जरुरी रहेको बताए। उनले अध्यादेशको आलोचना गरे पनि विरोध गर्न नमिल्ने धारणा राखे।
उनले भने,‘दुई ठूला दल मिलेर जसरी पनि पास गर्नुपर्यो। बहुमत पुग्छ। फास्ट ट्रयाकमा जाने हो भने पनि त ५-६ महिना त लाग्ने भयो नि। हामीलाई त आजकै दिनमा चाहियो। विकासको मोडलहरूलाई हटाउनुपर्छ भनेर महसुस गर्यौं। र त्यो आजै गर्नुपर्यो नि त। किनकी त्यो संवैधानिक अधिकार पनि हो। आलोचना गर्न पाइयो तर यस्तो कुरामा विरोध गर्ने होइन।’
त्यस्तै उनले जसले खोलिदिएको हो उसैको मात्र सेवा गर्ने प्रवृत्तिले आज मिडियाहरूको विरोध हुने गरेको बताए। सबै मिडियाहरूलाई सरकार, पार्टीको मात्र नभई आम जनताको बनाउन मन्त्रालय लागिपर्ने पनि उनले बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया