बिएल संवाददाता
नेकपा एस निकट समाजवादी प्रेस संगठनको मुख्य नेतृत्व नै प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ। माधव नेपालसंगै एमाले विभाजनमा सहयोग गरेका पत्रकारको मुख्य टोली शुक्रबार विधिवत रुपमा चौतारी प्रवेश गरेको हो। एमाले जनवर्गीय संगठन प्रेस चौतारी नेपाल विभाजन गरेर समाजवादी प्रेस संगठन स्थापना गर्ने समूहका नेताहरू शुक्रबार चौतारीमै फिर्ता भएका हुन्।
यसरी समाजवादी प्रेस संगठन छोडेर चौतारी प्रवेश गर्नेमा अध्यक्ष विश्वमणि सुवेदी, वरिष्ठ नेता नरेन्द्र साउद, सल्लाहकार माधव पाैडेल, महासचिव रामकुमार एलन, सचिव नेपाेलियन चेपाङ, काेषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू शिव सुवेदी, साैगात मिश्र,नरेन्द्र विष्ट,यज्ञ थापालगायत छन्। यस्तै प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष आशिष गुरागाईंसमेत रहेका छन्। उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव हुन्।
त्यसका लागि प्रेस चौतारी नेपालले हार्दिक होटलमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेको थियो। चौतारी प्रवेश गर्नेहरूलाई एमालेका महासचिव शंकर पोखरेल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले स्वागत गरेका थिए।
समाजवादी प्रेस संगठनले भने चौतारी प्रवेश गरिसकेका अध्यक्ष विश्वमणि सुवेदीलाई कारबाही गरेको जनाएको छ। संगठनका उपाध्यक्ष नवराज छत्कुलीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार नै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया