बिएल संवाददाता
नेकपा एस निकट समाजवादी प्रेस संगठनको मुख्य नेतृत्व नै प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ। माधव नेपालसंगै एमाले विभाजनमा सहयोग गरेका पत्रकारको मुख्य टोली शुक्रबार विधिवत रुपमा चौतारी प्रवेश गरेको हो। एमाले जनवर्गीय संगठन प्रेस चौतारी नेपाल विभाजन गरेर समाजवादी प्रेस संगठन स्थापना गर्ने समूहका नेताहरू शुक्रबार चौतारीमै फिर्ता भएका हुन्।
यसरी समाजवादी प्रेस संगठन छोडेर चौतारी प्रवेश गर्नेमा अध्यक्ष विश्वमणि सुवेदी, वरिष्ठ नेता नरेन्द्र साउद, सल्लाहकार माधव पाैडेल, महासचिव रामकुमार एलन, सचिव नेपाेलियन चेपाङ, काेषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू शिव सुवेदी, साैगात मिश्र,नरेन्द्र विष्ट,यज्ञ थापालगायत छन्। यस्तै प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष आशिष गुरागाईंसमेत रहेका छन्। उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव हुन्।
त्यसका लागि प्रेस चौतारी नेपालले हार्दिक होटलमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेको थियो। चौतारी प्रवेश गर्नेहरूलाई एमालेका महासचिव शंकर पोखरेल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले स्वागत गरेका थिए।
समाजवादी प्रेस संगठनले भने चौतारी प्रवेश गरिसकेका अध्यक्ष विश्वमणि सुवेदीलाई कारबाही गरेको जनाएको छ। संगठनका उपाध्यक्ष नवराज छत्कुलीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार नै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया