बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिका-१ नक्सालअन्तर्गत नागपोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा मार्गको शुभारम्भ गरेका छन्। शनिबार एक विशेष कार्यक्रमकाबीच उनले पैदल सम्पदा मार्गको शुभारम्भ गरेका हुन्।
पैदल सम्पदा मार्गको शुभारम्भ गर्दै उनले सबैलाई यो क्षेत्रको बारेमा जानकारी गराउन आफूले पैदल सम्पदा मार्गको शुभारम्भ गरेको बताए। उनले नागपोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म राम्रोसँग विकास गर्न सके पर्यटकीय गन्तव्य बन्न सक्ने बताए।
उनले भने, ‘नक्साल वडा-१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहाल र कमल पोखरीदेखि नरसिंह चोक सबैभन्दा पूरानो बस्ति भएको सहर हो। तर, काठमाडौं उपत्यकामा बस्ने कतिपय मान्छेहरूलाई यो ठाउँमा यस्तो छ भनेर जानकारी समेत छैन, यहाँको स्थानीय समुदाय, स्थानीय सरकार मिलेर अलिकति ढंग पुर्याएर विकास निर्माण गर्यौं भने यो काठमाडौंवासीलाई मात्र होइन काठमाडौं बाहिरबाट आउने मानिसहरूको लागि पर्यटकिय क्षेत्र बन्न सक्छ। नक्साल क्षेत्रभित्र धेरै सम्पदाहरु छन्, यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्छ।’
साथै उनले नक्साल क्षेत्रको बस्त र रहन सहन जोगाउनुपर्ने बताए। उनले नरसिंह चोकको पुरानो बस्ति जोगाउने तरिकाले बाटोघाटो निर्माणसमेत भैइरहेको बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया