बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडलले यसपालीको बजेटमा विचित्रको अभ्यास गरेको बताएका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने, बजेट भाषण गर्ने र कार्यान्वयन गर्ने मन्त्री फरक-फरक भएको बताएका हुन्।
उनले भने, ‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु ।’
उनले अर्थतन्त्रमा कुनै समस्या नभएको दाबी गरे । उनले ‘बैंक डुबे’, ‘अर्थतन्त्र समस्यामा छ’ भनेर गलत प्रचार गरिएको बताए।
पौडेलले भने, ‘कर्जा प्रवाह बढिरहेको छ। निक्षेप जसरी नै कर्जा विस्तार पनि बिस्तारै भइरहेको छ। बैंकको लगानीमा सुधार भइरहेको छ। बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ। यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुँदैन। बैंक र अर्थतन्त्र डुब्दैनन्। न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन्। हावादारी प्रचार गर्न हुँदैन। एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ। केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुँदैन।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया