बिएल संवाददाता
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरू बनाए पनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्वपूर्ण बन्ने बताए।
उनले भने, ‘अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरू बनाए पनि यसको मूल कानून हामीले अझैसम्म बनाएका छैनौ। त्यसको कारण नेपालको कृषिको दिशा के हुने भन्ने सम्बन्धमा जुन गति समात्नु पर्ने थियो त्यो ठाँउमा अलिकति ग्यापहरू छन्। त्यसकारण कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि महत्वपूर्ण दस्तावेज बन्नसक्छ।’
यसको साथै, उनले सरकारले ल्याउन लागेको कानून जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए।
उनले भने, ‘सरकारले ल्याउने जुन कानून छ त्यो कानूनमा जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ। विषय अहिले कुनामा परेको छ यसलाई केन्द्रमा ल्याउने अवसर अहिले आएको छ। यो अवसरमा काम गरौं।’
दैनिक भान्सामा पाक्ने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको भन्दै यसबारे पनि छलफल गर्नुपर्ने उनको भनाई छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया