बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशालाको विषयमा अध्ययन समिति बनाइएको बताएका छन्।
मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले पशुपति धर्मशालाको विषयमा एकातिर अध्ययन समिति बनाइएको त अर्कातिर अदालतमा मुद्दाको रुपमा रहेको बताएका हुन्।
उनले भने, ‘पशुपतिको धर्मशालासम्बन्धि विषयमा पनि एकातिर अध्ययन समिति बनाएका छौँ, अर्कोतिर यो विषय अदालतमा पनि मुद्दाको रुपमा छ। अदालतको मुद्दालाई कुनै असर नहुने गरी हामीले खाली विवरणातमक कुरा लिएर आउनुस्, यो व्यापार हो की मारवाडी सेवा समितिले गरिरहेको? यो सेवा हो की? व्यापार भए कति नाफा गर्नु हुन्छ र कति कोषलाई दिनु हुन्छ, सेवा हो भने कति सेवा गर्नु हुन्छ कहाँ कहाँ गर्नुहुन्छ यो विवरणात्मक रिर्पोट ल्याउनका लागि अदालतमा भएको मुद्दालाई कुनै असर हुन सक्दैन।’
साथै उनले संस्कृति, पर्यटन र नागरिकको तीनवटा स्तम्भ अगाडि बढाएर लानुपर्ने बताए। उनले पर्यटनलाई अगाडि बढाउनका लागि मन्त्रालयको स्रोत बढाउनुपर्ने अवस्था रहेको बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया