बिएल संवाददाता
आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ। जसअन्तर्गगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ।
बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिदै छ।
यसैगरी, प्रतिनिधि सभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ।
यस्तै, आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ भने बैठक बिहान ११ बजे बस्दैछ।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको ३७ औँ बैठक पनि आज बस्दैछ।
साढे ११ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया