बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक नीतिका सवालमा र वैदेशिक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरू एउटै अनुकुलका हुने बताएका छन्।
बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र सरकार बाहिर रहँदाखेरी अर्को निर्णयहरू कहिँले नगर्ने बताएका हुन्।
उनले हरेक राजनीतिक पार्टीले अनुकुलतामा एउटा प्रतिकुलतामा अर्को गर्दै अगाडि बढ्न नहुने बताए।
उनले भने, ‘म नेपाली कांग्रेसको तर्फबाट प्रष्टका साथ भन्न सक्छु की वैदेशिक नीतिका सवालमा र वैदेशिक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरू, हाम्रा आफ्ना अडानहरू, हामीले लिएका पक्षधरताहरू हेर्यौं भने नेपाली कांग्रेस सरकारमा होस् या सरकार भन्दा बाहिर होस्, पार्टीको पोजिसन बद्लिएको छैन।’
साथै उनले वैदेशिक सहायता निश्वार्थ कहिले नहुने बताए। उनले अहिले नेपालको राष्ट्रिय स्वार्थ छोटो समयभित्र तिव्र गतिमा विकासका आकांक्षाहरू पूरा गर्नु रहेको बताए।
उनले भने, ‘वैदेशिक सहायतामा हामी प्रस्ट छौं। यो निश्वार्थ हुँदैन। तर वैदेशिक सहायता जस्ले लियो उसको पनि स्वार्थ हुन्छ। आज हाम्रो नेपालको राष्ट्रिय स्वार्थ के हो भने हामीलाई छोटो समयभित्र तिव्र गतिमा विकासका आकांक्षाहरू पूरा गर्नु छ, त्यसका निम्ती हामीसँग स्रोत र साधनको अभाव छ। त्यो स्रोत र साधनको जोहो गर्नु हाम्रो राष्ट्रिय स्वार्थ हो। स्रोत र साधनलाई जोहो गर्नका निम्ती एउटा माध्यम हो वैदेशिक सहायता।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया