बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सिंहदरबारमा खोसिएको थोत्रे गाग्रीलाई संग्रहालयमा राख्न आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत साम्पाङले कुच्चिएको थोत्रे गाग्रीले भाषण र आश्वासनमा सीमित केही पूँजीपतिहरूको घेरामा रहेको सिंहदरबारको कमजोर जग मज्जाले हल्लाएको दाबी गरेक हुन्।
साम्पाङले भनेका छन्, ‘करोडौं नेपालीहरूले बोल्न नसकेको बोली बोल्ने त्यो महान थोत्रे गाग्रीलाई सलाम छ मेरो! संग्रहालयमा राख्नु सम्हालेर त्यसलाई!’
उनले भविष्यमा जनताको आवश्यकताको माग लिएर यस्ता गाग्रीहरूले सिंहदरबार घेरिन नपरोस् भन्दै चेतावनी दिएका छन्।
भन्छन्, ‘लोकतन्त्रमा जनतालाई हेप्ने, उपेक्षा गर्ने कुशासनका कुव्यवहारहरू कतै देख्न र भोग्न नपरोस् अन्यथा गाग्रीहरूको आगमन भइनैरहनेछ।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया