बिएल संवाददाता
पार्टीबाट निष्कासित डा. भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै नेकपा एमालेले अछाम जिल्ला कमिटीका ६ जना नेतालाई कारबाही गरेको छ।
रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही गरेको जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
बुधबार जारी गरिएको विज्ञप्तिमा अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको उल्लेख छ।
उनीहरूले पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीका विरुद्ध अलोकतान्त्रीक र अशोभनिय नारावाजी गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई कमजोर पार्न संचालन गरिएको मातृभुमी जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमंत्री एवं पार्टी केन्द्रीय कमिटीका श्रद्धेय अध्यक्षका विरुद्ध अलोकतान्त्रीक र अशोभनिय नारावाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रष्टै देखिन्छ।’
उनीहरूले पार्टीका आधिकारिक व्यक्तिलाई कुनै जानकारी नदिई एमाले छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक संजाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको पनि आरोप लगाइएको छ।


पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया