बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौला ‘ज्वाला’ले ‘सहकारी ठगी प्रकरण’को मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा ‘नबोलेको-नलेखेको’ भन्दै आफ्नै पार्टीका सांसद र केन्द्रीय सदस्यहरूको चर्को आलोचना गरेकी छन्।
उनले रास्वपाका बौद्धिक र पढे-लेखेका भनिएका कतिपय नेताहरूले पनि सभापति रविको बचाउ नगरेकोमा गुनासो गरिन्।
संग्रौलाको दाबी छ- रास्वपाका सबै नेताहरू रविकै कारण चिनिएका हुन्। उनीहरूको अलग्गै परिचान छैन। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी जतिसुकै बौद्धिक र पढे-लेखेका भए पनि रवि दाइकै कारणले रास्वपामा चिनिएका हौँ। यो कुराचाहिँ हामी कदापि नभुलौँ।’
केन्द्रीय सदस्य संग्रौलाले रविको समर्थनमा ‘नाक-मुख’ नदेखाउने रास्वपा नेताहरूमाथि गम्भीर प्रश्न गरेकी छन्, ‘रवि दाइमाथि यत्रो अन्याय हुँदा रवि दाइको न्यायको लागि आफ्ना सञ्जालमार्फत् एक शब्द नबोल्ने, नलेख्ने, नाकमुख कतै नदेखाउने कसरी रास्वपाको नेता हुन लायक हुन्छ? यतिभन्दा जोसुकै रिसाए नि मलाई केही फरक पर्दैन! राजनीति हाकाहाकी गरौँ!’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया