बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछानेलाई अदालतको धरौटीमा ग्यारेन्टी बसिदिने प्रभु बैंकमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत बस्नेतले रवि लामिछानेलाई प्रभु बैंकले बिना धितो २ करोड २५ लाख उपलब्ध गराइरहेको भन्दै अनुसन्धान गर्न माग गरेका हुन्।
उनले भनेका छन्, ‘प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया, जीबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक? केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साँठगाँठ हुनुपर्छ! यसको बारेमा सही छानबिन गरी कारबाही गर्न आवश्यक छ।’
उनले युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने बैंकले लामिछानेलाई करोडौं रकम उपलब्ध गराइरहेको भन्दै प्रश्न उठाएका हुन्।
‘सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरूले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ?’ उनले प्रश्न गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया