बिएल संवाददाता
स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैनः गृहमन्त्री लेखक
नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ।
सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो।
ज्ञापन पत्र बुझ्दै लेखकले स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए। उनले पत्रकारितालाई व्यवसायिक ढंगले निष्पक्ष र स्वतन्त्र बनाउन सबै निकाय र पत्रकार महासंघले पनि ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘खास गरेर पत्रकारिताको व्यवसायिक स्वतन्त्रता र पत्रकारकामाथि कुनै पनि खालका अवाञ्छित दबावहरू भौतिक खालका, मांसिक खालका अथवा स्वतन्त्र पत्रकारितालाई अवरोध गर्ने, खण्डित गर्ने, दवाबहरू कसैले गर्नु हुँदैन। पत्रकारितालाई व्यवसायिक ढंगले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन सरकार तयार छ।’
साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए। उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए।
अध्यक्ष शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिईन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया