बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।
तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृत्ति बढ्दै गएको बताएका हुन्।
उनले भने, ‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमी हुँदै गएको होकी?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी? भन्ने चिन्ता लागेको छ। म आम समुदायलाई अपिल गर्न चाहान्छु। हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैं धनी, आत्मनिर्भर बन्ने बाटो तर्फ प्रेरित गरौं। विदेश पठाउन हतार नगरौं।’
साथै उनले देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहेनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित गरेका कारण नेपालीहरूले सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए।
उनले भने, ‘हाम्रो देश साधन स्रोतविहिन देश होइन। प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहेनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोे दृष्टिकोणले अब्बल छ।’
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको बताए।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया