बिएल संवाददाता
नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी-किमाथांका सडक खण्डअन्तर्गत च्याम्ताङ्ग-घोङ्घप्पा सडक खण्डको सोमबार निरीक्षण गरिएको छ।
भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निरीक्षण गरेका हुन्।
निरीक्षणको दौरान सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूको बारेमा जानकारी गराइएको थियो।
२०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी-किमाथांका सडक आयोजना मध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भईरहेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया