बिएल संवाददाता
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रलाई फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा गएपछि देशलाई डुबाउने हर्कतमा लागेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अहिले राजनीतिक परिवर्तनपछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमिकमजोरीहरू पत्ता लगाएर देशलाई समृद्ध बनाउने र्फ केन्द्रीत हुनुपर्ने बताए।
उनले भने, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू हौं हामी। तर तिनै मानिस सत्तामा जाँदा उही हर्कत गर्ने? भ्रष्टाचार गर्ने? अनेक काण्ड गरेर देशलाई डुबाउने? हामी फेरी परिवर्तन ल्याउँछौं। राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थभित्र रहेका जुन कमि कमजोरीहरु छन् सुशासनको कुरामा केन्द्रीत भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौं।’
त्यस्तै उनले समाजवादी विद्यार्थी युनियनलाई अरु पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए। विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्पक्षेप नगरी स्वायत्तता प्रदान गर्ने उनले प्रतिवद्धता जनाए।
उनले भने, ‘हामीले अरु पुराना पार्टीको जस्तो झोले बनाएर र पूरै ठाडो आदेश गर्ने विद्यार्थी सम्मेलनमा पनि कसैको आदेश हुन्छ? हामीले सुनिरहेको हुन्छौ। सबैभन्दा क्रान्तिकारी भनिएको हाम्रो साथीहरूको पनि कहिले पानी खन्याइदिने कसैलाई जलाइदिने गरेर आफ्नै मान्छे राख्ने खराब प्रवृत्ति एकतर्फ छ भने हामी त्यसरी हस्तक्षेप गर्दैनौं। हाम्रो विद्यार्थी संगठन स्वायत्त हुन्छन्। विधानमा मै लेखेको छौं।’
राजनीतिक स्थिरता भयो, प्रत्यक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्यक्ष रुपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्याउन सकिने उनको भनाई छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया