बिएल संवाददाता
समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरूको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ।
बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका हुन्।
उनले भने, ‘देशमा जुन देखिएका समस्याहरू छन्। यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौं जनप्रदर्शनसहितको काठमाडौंमा सभा गरौं भन्ने सम्म आइपुगेका छौं। चैत्र २४ गते जुन ऐतिहासिक दिन छ। त्यो दिनमा काठमाडौंमा भव्य र शानदार रुपमा सम्पन्न गरौं भन्नेमा पुगेको छौं।’
यस्तै, चैत्रको पहिलो हप्ता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए।
त्यस्तै, उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया