बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले ठूला दलका नेताहरू मुछिएका भ्रष्टाचार काण्डका अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउँन माग गरेका छन्।
बुधबार माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उदघाटन गर्दै पुनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका अनियमितता प्रकरणको छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन्।
पुनले प्रधानमन्त्री केपी ओलीले आफूमाथि अनेकौं भ्रष्टाचारका आरोप लागेपछि माओवादी अध्यक्ष प्रचण्डलाई विवादमा पार्न शेरा दरबारको प्रसंग चर्चामा ल्याएको दाबी गरे।
पुनले भने, ‘केपी ओलीजीलाई हाम्रो चुनौती छ, तपाईं आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ? कम्बोडियामा तपाईंको लगानी छ भनेर प्रश्न उठ्यो, स्विस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी इस्टेटमा तपाईंको नाम मुछियो। तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो। ममाथि संसदीय छानबिन होस् भनेर भन्न सक्नुहुन्छ? हामी त तयार छौँ।’
स्वार्थ समूहले प्रधानमन्त्री फेर्न थालेको कुरा पछिल्लोपटक हदबन्दीभन्दा बढीको जमिन बेच्न पाउने गरी कानुनमै फेरबदल गरेको कुराले पुष्टि गरेको उनको दाबी थियो।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया