बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले ठूला दलका नेताहरू मुछिएका भ्रष्टाचार काण्डका अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउँन माग गरेका छन्।
बुधबार माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उदघाटन गर्दै पुनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका अनियमितता प्रकरणको छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन्।
पुनले प्रधानमन्त्री केपी ओलीले आफूमाथि अनेकौं भ्रष्टाचारका आरोप लागेपछि माओवादी अध्यक्ष प्रचण्डलाई विवादमा पार्न शेरा दरबारको प्रसंग चर्चामा ल्याएको दाबी गरे।
पुनले भने, ‘केपी ओलीजीलाई हाम्रो चुनौती छ, तपाईं आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ? कम्बोडियामा तपाईंको लगानी छ भनेर प्रश्न उठ्यो, स्विस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी इस्टेटमा तपाईंको नाम मुछियो। तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो। ममाथि संसदीय छानबिन होस् भनेर भन्न सक्नुहुन्छ? हामी त तयार छौँ।’
स्वार्थ समूहले प्रधानमन्त्री फेर्न थालेको कुरा पछिल्लोपटक हदबन्दीभन्दा बढीको जमिन बेच्न पाउने गरी कानुनमै फेरबदल गरेको कुराले पुष्टि गरेको उनको दाबी थियो।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया