
बिएल संवाददाता
सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आईटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन्।
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आईटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आईटी क्षेत्रमा ए-आईको पोलिसीमा काम गर्ने बताए।
उनले भने, ‘आईटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ। यस बर्षभित्र आईटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवं आट्रिफिसियल इन्टेलिजेन्स (एआई)को पोलिसीमा काम गर्छौ र यस सम्बन्धि ऐन पनि बनाउछौं।’
मन्त्री गुरुङले आईटी क्षेत्रको विकासको लागि नलेज पार्क, आईटी पार्क, एआई अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए।
उनले भने,‘आईटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आईटी क्षेत्रको संरचनाहरू कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं। यसका लागि पूर्वधारको तयारी गरिरहेका छौं। नलेज पार्क, आईटी पार्कको निर्माण गर्ने साथै एआई अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौं। यसलाई हामीले सबै प्रदेशहरूमा गर्नेछौं। यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौ।’
मन्त्री गुरुङले आईटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरूले काम गर्न नपाएको पनि बताए।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया