बिएल संवाददाता
सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आईटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन्।
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आईटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आईटी क्षेत्रमा ए-आईको पोलिसीमा काम गर्ने बताए।
उनले भने, ‘आईटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ। यस बर्षभित्र आईटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवं आट्रिफिसियल इन्टेलिजेन्स (एआई)को पोलिसीमा काम गर्छौ र यस सम्बन्धि ऐन पनि बनाउछौं।’
मन्त्री गुरुङले आईटी क्षेत्रको विकासको लागि नलेज पार्क, आईटी पार्क, एआई अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए।
उनले भने,‘आईटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आईटी क्षेत्रको संरचनाहरू कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं। यसका लागि पूर्वधारको तयारी गरिरहेका छौं। नलेज पार्क, आईटी पार्कको निर्माण गर्ने साथै एआई अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौं। यसलाई हामीले सबै प्रदेशहरूमा गर्नेछौं। यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौ।’
मन्त्री गुरुङले आईटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरूले काम गर्न नपाएको पनि बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया