बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफैं सत्तामा भएर ‘यो भएन, त्यो भएन भन्नुभन्दा काम गरेर राम्रो अंक ल्याउन’ पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।
शनिबार पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यो बेला कांग्रेसले मौका पाएको अवस्थामा काम गरेर देखाउनु पर्ने बताएका हुन्।
उनले भने, ‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ त ठीक छ त। हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने? गर्ने चाहिं कसले हो त?’
उनले कांग्रेसबाट केन्द्रमा प्रतिनिधित्व गर्नर् मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरू र मन्त्रीहरूले पनि मौका पाएको बेला काम गरेर देखाउनु पर्ने बताए। उनले कांग्रेसका जनप्रतिनिधिहरूलाई ०८४ नपर्खिन र अहिले नै देखिने गरी काम गर्न निर्देशन दिए।
उनले भने, ‘कांग्रेसले ०८४ मा गर्छु भन्ने होइन। अहिले मौका आएको छ अहिले गर्नुपर्छ। ०८४ मा त रिपोर्ड कार्ड लिएर जाने हो । यति गर्छौं भनेका थियौं, यति गर्यौ भन्ने हो। अनि पो नागरिकलाई भन्न सकिन्छ।’
उनले कांग्रेसले रिपोर्ट कार्डमा राम्रो अंक ल्याउन गरी काम गरिरहेकोले अहिलेको काम देखाएर ०८४ को निर्वाचनमा जाने बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया