बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुनु सामान्य विषय भएको बताएका छन्।
शनिबार चितवनमा आयोजित १०० दिने अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै शर्माले जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको भन्दै कांग्रेस अरू दलजस्तो प्रश्नै गर्न नपाइने पार्टी नभएको दाबी गरे।
उनले भने, ‘कांग्रेसभित्र विवाद हुन्छ, भइरहन्छ। प्रश्न गर्न निषेध गर्ने दल कांग्रेस होइन। तर, ती विवादको समाधान पनि हुँदै गर्छ। यही लोकतान्त्रिक पद्धति हो।’
आफूले संसद्मा कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँसँग प्रतिस्पर्धा गर्ने भीम रावल कहाँ हुनुहुन्छ?’ भनेर सोधेको पनि उनले सम्झाए।
उनले रास्वपाप्रति लक्षित गर्दै कांग्रेसभन्दा राम्रो गरेर देखाउन चुनौती दिए। उनले भने, ‘अर्को नयाँ पार्टी खुलेको छ, उसले लोकतान्त्रिक प्रवृत्ति हामीभन्दा राम्रो देखाओस्। एक जना महामन्त्रीजीले गम्भीरतापूर्वक भर्खर खुलेको पार्टी रूपान्तरण गर्नुपर्छ भन्दा चार पाटा मात्रै मोडिएन, चार भन्ज्याङ नै कटाइयो।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया