बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुनु सामान्य विषय भएको बताएका छन्।
शनिबार चितवनमा आयोजित १०० दिने अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै शर्माले जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको भन्दै कांग्रेस अरू दलजस्तो प्रश्नै गर्न नपाइने पार्टी नभएको दाबी गरे।
उनले भने, ‘कांग्रेसभित्र विवाद हुन्छ, भइरहन्छ। प्रश्न गर्न निषेध गर्ने दल कांग्रेस होइन। तर, ती विवादको समाधान पनि हुँदै गर्छ। यही लोकतान्त्रिक पद्धति हो।’
आफूले संसद्मा कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँसँग प्रतिस्पर्धा गर्ने भीम रावल कहाँ हुनुहुन्छ?’ भनेर सोधेको पनि उनले सम्झाए।
उनले रास्वपाप्रति लक्षित गर्दै कांग्रेसभन्दा राम्रो गरेर देखाउन चुनौती दिए। उनले भने, ‘अर्को नयाँ पार्टी खुलेको छ, उसले लोकतान्त्रिक प्रवृत्ति हामीभन्दा राम्रो देखाओस्। एक जना महामन्त्रीजीले गम्भीरतापूर्वक भर्खर खुलेको पार्टी रूपान्तरण गर्नुपर्छ भन्दा चार पाटा मात्रै मोडिएन, चार भन्ज्याङ नै कटाइयो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया