बिएल संवाददाता
महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा छन्।
महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए। कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जलेश्वर अस्पताल लगिएको थियो।
अस्पतालमा उनको २ बजे मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिए। उनले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिए।
मृतक महरा आगजनी घटनामा दोषी ठहर भएका थिए। उनलाई प्रहरीले २०८० जेठ २८ गते प्रकाउ गरेको थियो। यसैगरी महरा २०८० साउन १६ गतेदेखि सजाय भुत्तान गर्न कारागार चलान भएका थिए। उनी २०८३ असार २७ गते कैद मुक्त हुँदै थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया