बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरू असीमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन्।
आइतबार नापी कार्यालय चाबहिलको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो काम हुन नसकेको बताएका हुन्।
उनले भने, ‘हामीलाई असिमित आवश्यक्ताहरूको जरुरत छ। आवश्यक्ताहरू एकथरी छन्। हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ। तालमेलको अभाव छ। जसले कामहरूमा चाहे अनुसारको हुन सकिरहेको छैन। छिटो छरितो काम नभएको जस्ता कुरीतिहरु देखा परेका छन्। सबै कुरा मिलाउने र समाधान गर्ने अरु बाहिरको कोही आएर गर्दैन तपाईं हामीले नै गर्नुपर्ने हो।’
साथै उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए। उनले नापी कार्यालयका कर्मचारीहरूलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे।
उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ। कर्मचारीहरूलाई मेरो के आग्रह छ भने नियम र विधि बाहेक कसैलाई दबाव दिने काम नगर्नुहोला। जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरि काम नगर्न म आग्रह समेत गर्दछु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया