बिएल संवाददाता
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गरेका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा उनले समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिने भन्दै वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताएका हुन्।
उनले भने, ‘समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिन्छ। म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस्। यदी समाजवाद निर्माण गर्न सकिएन भने। वर्ष तोकियोस्। यति वर्षमा तोकेर समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु।’
पुँजीवादले समाजवाद जन्माउने भन्दै उनले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताए।
त्यस्तै उनले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबीसमेत गरे।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया