बिएल संवाददाता
प्रचण्डलक्षित विष्णुको टिप्पणी- जसको शक्ति छैन उसैले सरकार ढल्छ भन्दै हिँडेको छ
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयका गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलक्षित गर्दै जसको सरकार ढाल्ने शक्ति हुँदैन उसैले सरकार ढल्छ भन्दै हिँडेको टिप्पणी गरे।
उनले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ। जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो।’
उनले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिए पनि मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको दाबी गरे।
उनले भने, ‘आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौं, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौं र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छौं भन्ने विश्वास छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया