बिएल संवाददाता
प्रचण्डलक्षित विष्णुको टिप्पणी- जसको शक्ति छैन उसैले सरकार ढल्छ भन्दै हिँडेको छ
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयका गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलक्षित गर्दै जसको सरकार ढाल्ने शक्ति हुँदैन उसैले सरकार ढल्छ भन्दै हिँडेको टिप्पणी गरे।
उनले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ। जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो।’
उनले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिए पनि मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको दाबी गरे।
उनले भने, ‘आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौं, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौं र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छौं भन्ने विश्वास छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया