बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर अगाडि बढे यही व्यवस्थामै पार्टीले बहुमत ल्याउन सक्ने बताएका छन्।
सोमबार पोखरामा आयोजित प्रदेश सभापतिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देखिएका चुनौतीको सामना गर्न पनि एक भएर अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर सबै साथिहरु लाग्ने हो भने हाम्रो पार्टीले बहुमत प्राप्त गर्न सक्छ। पार्टीमा एकता जरुरी छ, सबैलाई साथमा लिएर हिँड्न जरुरी छ। अहिलेको चुनौतीको सामना गर्न पनि एक हुनुपर्ने। हाम्रो देशमा सुन्दर राजनीति छ। समानुपातिक र समावेशी छ। यो उत्तम व्यवस्था हो।’
त्यस्तै उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए। पार्टीलाई हाक्ने र बनाउने भोलिका नेताहरूको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाई छ।
उनले भने, ‘वास्तबमा यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ। तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं। त्यसका बाबजुत भोलिका दिनमा हामीहरू बहुमत ल्याउन सक्ने पार्टी बन्न सकिन्छ। त्यसकारण भोलिका नेताहरू, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँहरूको काँधमा धेरै ठूलो जिम्मेवारी आएको छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया