बिएल संवाददाता
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकाल्दै समर्थन गर्ने संकेत गरेको छ।
जसपा नेपालद्वारा ‘अध्यादेश’ अध्ययन गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भएपनि उदेश्य सही नै रहेको सकारात्मक निष्कर्ष निकालेको छ।
बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशबाट राज्य सञ्चालन गर्ने मनसाय नबनाउन सुझाव दिने र अहिलेको सन्दर्भमा सरकारसँग छलफल गर्न तयार रहेको बताइएको छ।
जसपा नेपालका एक नेताले आफ्नो पार्टीले अध्यादेशको समर्थन लागेको भन्दै आपत्ति जनाएका छन्।
ती नेताकाअनुसार अध्यक्ष उपेन्द्र यादवले ‘मन्त्री’को लोभमा प्रधानमन्त्री ओलीको अध्यादेशले देश चलाउने शैलीलाई साथ खोजेको आरोप लगाएका छन्।
उता, जसपा नेपालले बिहीबार बस्ने संसद बैठकअघि मात्रै अध्यादेशको समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय लिने दाबी गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया