बिएल संवाददाता
नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरू र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरूबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो व्यङ्ग्य गरेका हुन्।
उनले भने, ‘रमाईलो दृश्य संसद सुरु हुने वित्तिकै देखिन थाल्यो। जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरू र खुरु-खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरूको बीचमा जुन खालको र्याङख्याङ आज मिलेको देखियो वास्तवमा नै रमाईलो छ।’
त्यस्तै, उनले प्रचण्डले अध्यादेशलाई निकै आक्रमण गरेपनि संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी र नागरिक अधिकार खोस्छ भन्ने कुराको उदाहरण दिन नसकेको बताए। प्रचण्डले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उनले संसद कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताए।
उनले भने, ‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो। छ वटा अध्यादेशमा २९ वटा कानुनहरूको संशोधन प्रस्ताव अगाडि सारिएको छ। तर ती संशोधन गरिएका कानुनको दफाहरूमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ? कुन दफाले नागरिक अधिकार खोस्छ? एउटा पनि उदाहरण दिन सक्नुभएन। यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद हुँदैन।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया