बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेको अध्यादेश स्वीकृत हुने कुरामा कुनै समस्या नभएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकपश्चात उनले अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता भएको हो की भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसमा कुनै समस्या नभएको स्पष्ट पारेका हुन्।
उनले भने, ‘अध्यादेशको बारेमा कहिलेकाहिँ विवेचना पनि हुन्छन् कतै केही अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता हो भनेर। तर यी विषयमा केही समस्या छैन। दुवै हाउसबाट सरकारले जारी गरेको अध्यादेश संसदमा पेश भएको छ। स्वीकृत हुने कुरामा कुनै समस्या छैन।’
यसको साथै, उनले आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्नेगरी कार्यसूचीबाट हटाएको भन्दै यो सामान्य विषय भएको बताए।
उनले भने, ‘आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्ने गरी कार्यसूचीबाट हटाउने प्रस्ताव गरेपछि त्यही अनुसार अगाडि बढ्यो। सामान्यतया सरकारी बिजनेशमा सरकारले छलफल कहिलेकाही तलमाथि गर्न सक्छ यो नियमित र सामान्य प्रक्रिया हो।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया