
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न माग गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले ‘जनयुद्ध हिंसा नै थियो’ भन्ने अभिव्यक्ति दिएका थापालाई तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिको माओवादी समर्थकले विरोध गरेका छन् भने एमाले सर्मकले स्वागत गरेका छन्।
सापकोटा भन्छन्, ‘माओवादीका पूर्वनेता रामबहादुर थापाले जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्।’
साथै उनले सो जनयुद्ध न्याय र परिवर्तनका लागि वर्ग संघर्ष रहेको दाबी गरेका छन्। उनले थापा पनि हिंसामा आफैं प्रत्यक्ष संलग्न भएकोले उनलाई कारबाही हुनुपर्ने माग गरे।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया