बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न माग गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले ‘जनयुद्ध हिंसा नै थियो’ भन्ने अभिव्यक्ति दिएका थापालाई तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिको माओवादी समर्थकले विरोध गरेका छन् भने एमाले सर्मकले स्वागत गरेका छन्।
सापकोटा भन्छन्, ‘माओवादीका पूर्वनेता रामबहादुर थापाले जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्।’
साथै उनले सो जनयुद्ध न्याय र परिवर्तनका लागि वर्ग संघर्ष रहेको दाबी गरेका छन्। उनले थापा पनि हिंसामा आफैं प्रत्यक्ष संलग्न भएकोले उनलाई कारबाही हुनुपर्ने माग गरे।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया