बिएल संवाददाता
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा आरोपमा पक्राउ परी अदालतले तोकेको धरौटी तिर्न नसकेर जेल चलान भएका रास्वपा नेता महानन्द जोशी रिहा भएका छन्।
जिल्ला अदालतले तोकेको एक लाख धरौटी तिरेर आइतबार उनी रिहा भएका हुन्। सो प्रकरणमा जैसीसहित पक्राउ परेका तीनजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा प्रहरीले ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेको थियो।
अन्य दुई जना धरौटी बुझाएर छुटेपनि महानन्द भने धरौटी तिर्न नसक्दा सुन्धारास्थित जगन्नाथ देवल कारागारमा थुनामा पुगेका थिए।
कसले तिरिदियो धरौटी?
धरौटी तिर्न नसकेर आफ्ना नेता जेल चलान भएपछि रास्वपा नेतृ ज्वाला संग्रौलाले सहयोग अभियान चलाएकी थिइन्। अभियान चलाएको एक घण्टामै रकम जुटेको उनले बताइन्।
शनिबार बिदाको दिन परेकोले आइतबार जैशीको रिहाइका लागि आइतबार संग्रौलाको टोली धरौटी बुझाउँन जिल्ला अदालत काठमाडौं पुगेको थियो।
धरौटी तिरेपछि उनी रिहा भएका हुन्। रिहा भएपछि जैशीले आफू आक्रमणमा संलग्न नभएको दोहोर्याएका छन्। उनले एक महिना अगाडि आफूले माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध अभियान चलाएको र सोही अभियानको प्रतिसोधमा आफूलाई तनाव दिने काम भएको दाबी गरेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया