बिएल संवाददाता
प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन साहलाई सिंहदरबारसहित संसद भवन र सर्वोच्च अदालतमा डोजर चलाएर देखाउँन चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले महानगरले कवाडी व्यवसायीमाथि डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
सांसद सिंहले भने, ‘म बालेनलाई च्यालेन्ज दिन्छु। हिम्मत छ भने संसद भवन भत्काएर देखाउ। सिंहदरबार भत्काएर देखाउ। रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाउ। हिम्मत छ भने बालुवाटार र शितलनिवासको राष्ट्रपति भवन भत्काएर देखाउ।’
उनले काठमाडौंका मेयर बालेन शाह तानाशाह बनेर निस्केको दाबी पनि गरे।
उनले भने, ‘यहाँ न्याय नहुने? यो न्याय मरेको देश हो? यो मेयर कुन तानाशाह भएर निस्केको छ? नेपालको अहिलेको परिस्थिति देखेर जर्मनीको हिटलर इटलीको मुसोलिनी नाजीवाद र फाँसीवादको सुरुवात हुन खोजेको हो देशमा?’
आइतबार टेकुस्थित कवाडी गोदाममा महानगरले डोजर चलाउँदा व्यवसायी र महानगर प्रहरीबीच झडप भएको थियो। झडपमा दुई महानगर प्रहरी र व्यवसायीसहित पाँच जना घाइते भएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया