बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभाव र यसबाट नेपालले सदुपयोग गर्न सक्ने अवसरहरूको बारेमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले जलवायु परिवर्तनले नेपालमा युवा र बालबालिकाहरूमा बढि प्रभाव परेको बताइन्। उनले संयुक्त रास्ट्रसङ्घको प्रतिवेदन अनुसार विश्वभर ७०% युवाले जलवायु परिवर्तनलाई आफ्नो चिन्ताको विषय बनाएको उल्लेख गरिन्।
उनले भनिन्, ‘युवाहरूले जलवायु परिवर्तन र वातावरणसम्बन्धी अभियानहरू सञ्चालन गरिरहँदा सरकार र सरोकारवालाहरूले बेवास्ता गरेको भन्ने गुनासाहरू सुनिरहेका छौं। अबको आवश्यकता भनेको जलवायु परिवर्तनसँग जुध्न, नयाँ प्रकृति र सिप, विज्ञान र नविकरणीय उर्जासम्बन्धी अध्ययन अनुसन्धानको खाँचो छ। यो एउटा चुनौतीसँगै अवसर पनि हो।’
त्यस्तै उनले अन्तर्राष्ट्रिय नविकरणीय उर्जा एजेन्सीका अनुसार हरित उर्जा क्षेत्रमा सन् २०५० सम्ममा संसारमा ४ करोड २० लाख भन्दामाथी रोजगारी सिर्जना हुने अनुमान गरेकोले नेपालले यसको सदुपयोग पनि गर्नुपर्ने सुझाव दिइन्।
उनले भनिन्, ‘जलवायु परिवर्तनको असर युवा पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएकाले यसले ल्याउने चुनौतिको सामना गर्न र अवसरको सदुपयोग गर्न युवाहरूले अहिले देखिनै सक्रिय भुमिका खेल्ने खालका योजना र रणनीति बनाउनु पर्ने विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत म यस गरिमामय सदनमार्फत गराउन चाहान्छु।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया