बिएल संवाददाता
सर्लाहीको रामनगरस्थित एक कच्ची घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। रामनगर गाउँपालिका-३ स्थित दलित बस्तीका अनुप महराको कच्ची घरमा आगलागी भएको हो।
गाउँपालिकाको राम टोलमा सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन्। सोमबार साँझ ७ः२० बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएका प्रेस नोटमा उल्लेख छ।
आगलागी भएको खवर प्राप्त हुनासाथ प्रहरी चौकी खैर्वा बहुअर्वाबाट प्रहरी सहायक निरीक्षक बालकिशोर साहको कमाण्डमा खटिएका १० जना प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा आगोलाई नियन्त्रणमा लिएर बस्तीका अन्य घरमा क्षति हुनबाट जगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए।
उनका अनुसार घर भित्र रहेका बाख्रा पाँचवटा, लत्ताकपडा, कागजपत्र, खाद्यान्न गरी पाँच लाख मूल्य बराबरको सम्पत्ती क्षति भएको छ। यस घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया