बिएल संवाददाता
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कुनै विकल्प नदिई गरिब बसेको ठाँउ हटाउने गलत काम गरेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुःख दिने काम सही नभएको बताए।
उनले भने, ‘लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो- महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भने भनेर भन्न खोज्या हो। उहाँलाई विकास गर्नु छ भने पार्क बनाए हुन्छ। तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरूलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन्।’
यस्तै, उनले शहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया