
बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत सत्य र तथ्यका पक्षमा बोल्न र लेख्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले तथ्य र सत्यका पक्षमा अरु बोलेनन् भनेर सामाजिक संजालमा प्रश्न गर्नुको साटो आफैंले आफैले लेख्न सुरु गर्नुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘तपाई आफैं अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्छ। त्यसले अरुलाई पनि अघि सर्न प्रेरित गर्छ। असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइबर अपराध क्रमशः कम भएर जान्छ।’
उनले सामाजिक सञ्जाल आफैंमा राजमार्ग जस्तै भएकोले सडकको यात्रामा जो बाहिर निस्कन्छ त्यही देखिने बताएका छन्। सामाजिक सञ्जालमा पनि असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने उनको भनाइ छ।
भन्छन्, ‘इन्टरनेट संजाललाई सूचना महामार्ग मानिन्छ। सामाजिक सञ्जाल आफैंमा राजमार्ग जस्तै हो। सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ। घरभित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक संजालमा असल मानिसहरू नआउदासम्म आएका खराब मान्छेहरू देखिने हो।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया