बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत सत्य र तथ्यका पक्षमा बोल्न र लेख्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले तथ्य र सत्यका पक्षमा अरु बोलेनन् भनेर सामाजिक संजालमा प्रश्न गर्नुको साटो आफैंले आफैले लेख्न सुरु गर्नुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘तपाई आफैं अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्छ। त्यसले अरुलाई पनि अघि सर्न प्रेरित गर्छ। असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइबर अपराध क्रमशः कम भएर जान्छ।’
उनले सामाजिक सञ्जाल आफैंमा राजमार्ग जस्तै भएकोले सडकको यात्रामा जो बाहिर निस्कन्छ त्यही देखिने बताएका छन्। सामाजिक सञ्जालमा पनि असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने उनको भनाइ छ।
भन्छन्, ‘इन्टरनेट संजाललाई सूचना महामार्ग मानिन्छ। सामाजिक सञ्जाल आफैंमा राजमार्ग जस्तै हो। सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ। घरभित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक संजालमा असल मानिसहरू नआउदासम्म आएका खराब मान्छेहरू देखिने हो।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया