बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीले मात्र नभएर शिक्षकले पनि आफूले पढाउने विद्यार्थीको लागि सपना देख्न आवश्यक रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित रेडियन्ट रिडर्स एकेडेमीको रजत जयन्ती २०८१ को समापन समारोहमा बोल्दै उनले ‘भविष्यमा के बन्न चाहन्छौ’ भनेर विद्यार्थीलाई गरिने परम्परागत प्रश्नभन्दा पनि शिक्षकले विद्यार्थीभित्रको सम्भावनालाई चिन्ने काम गर्नुपर्ने बताए।
उनले भने, ‘आदरणीय गुरुहरूमा म आग्रह गर्न चाहन्छु- परम्परागत रुपमा नै हामीले सुन्ने गरेकै छ। तिमी भविष्यमा के बन्न चाहन्छौं भनेको, यो त्यो समयको कुरा हो। के बन्ने भन्ने प्रश्न सुनिन्थ्यो। तर, आज मभित्र केको सम्भावना छ भन्ने कुरा मैले आफैले बुझ्न सकिनँ भने त्यो बुझाइ दिने कर्तव्य शिक्षकको हो। एउटा विद्यार्थी आफू भविष्यमा यो त्यो बन्छु भनेर सपना देख्दै गर्दा शिक्षकले पनि कक्षाकोठाभित्र कुन विद्यार्थीमा के बन्ने सम्भावना छ त्यो देख्न सक्नुपर्यो। सपना शिक्षकले पनि देख्न पर्यो।’
अभिभावकहरूले बच्चालाई दिनुपर्ने समयमा कुनै कम्प्रोमाइज गर्न नहुने पनि उनको भनाई छ। आफ्नो बच्चा बिग्रियो भने ‘संगतले बिग्रियो’ भन्ने एउटा भ्रम रहेको भन्दै संगत कहिल्यै पनि एकोहोरो नभई दोहोरो हुने हुँदा संगतलाई दोष दिन नहुने उनले बताए।
महामन्त्री शर्माले विद्यालयले राम्रो सर्टिफिकेट लिन योग्य मात्र बनाउने तर संस्कार परिवारले नै दिने हो भन्ने कुरा बिर्सन नहुने पनि बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया