
बिएल संवाददाता
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता तथा अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि कुटपिट भएको छ।
बुधबार राती ७ बजेतिर ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै ‘सीएसआईटीको फर्म भर्नु छ’ भनेर बोलाएर ‘सोधपुछ गर्नु छ’ भन्दै बिनाकसुर हतकडी लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखामा लगेर विभिन्न आरोप लगाउँदै कुटपिट गरेको अनेरास्ववियु अध्यक्ष समिक बडालले आरोप लगाएका छन्।
बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै वयकलाई विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनि धम्की दिँदै नाक, मुख, आखा सुन्निने गरी कुटपिट गरेको दाबी गरेका छन्। उनले वयलको राति २ बजे वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफन्तको जिम्मा लगाएको उनले बताएका छन्।
बडालले भनेका छन्, ‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ। तत्काल यसको छानबिन गरी दोषीहरूलाई कारबाही गर्न जोडदार माग गर्दछौं। अन्यथा यस किसिमका गतिविधिविरुद्ध कडाभन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी दिन चाहन्छौं।’
यस्ता गतिविधिले प्रहरी सदस्यहरूकै व्यवहारका कारण प्रहरीमाथि कुटपिटका घटना भएका त होइनन भन्ने गम्भीर आशंका उत्पन्न भएको उनले दाबी गरेका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया