बिएल संवाददाता
नेपाली कांग्रेस प्युठानले एमाले नेता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाका पछिल्ला व्यवहार र गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेस प्युठान सभापति विष्णु गिरीले एक विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जितको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत अस्वाभाविक चरित्र देखाउने र बहुपार्टी सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाएको आरोप लगाएका छन्।
सांसद थापाले समानुपातिक सांसदलाई लक्षित गर्दै ‘यी समानुपातिकहरूलाई फुर्सदै फुर्सद छ। समानुपातिकलाई न कसैले गुनासो गर्छन् न कुनै जिम्मेवारी छ। न कुनै चुनाव जितेको अनुभव छ’ भन्दै समावेसी मान्यतामाथि आक्रमण गरेको कांग्रेसको ठहर छ।
त्यस्तै उनले समानुपातिक सांसदहरू नागरिकको घरदैलोमा पुगेको विषयलाई ‘क्याटवाक गर्दै हिँडेर विकास हुन्छ र?’ भन्ने जस्ता आधारहीन र गलत टिप्पणी गर्दै हिँडेको भन्दै कांग्रेसले यस्ता अभिव्यक्ति नदिन चेतावनीसमेत दिएको छ।
सांसद थापाले समानुपातिक सांसद निमा गिरीसँग संयुक्त संयुक्त उद्घाटन गर्ने भनि लेखिएको ब्यानर टाँस्न नदिने, कर्मचारीलाई थर्काउने र सरुवाको धम्की दिनेजस्ता अलोकतान्त्रिक चरित्र देखाई घृणा फैलाउने (हेट स्पीच) कार्य गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया