बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाएका छन्।
भोजपुरको अरुण गाउँपालिकाको दोस्राे अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले प्रधानमन्त्री ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताएका हुन्।
नेता पुनले प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका नेताहरूलाई प्रधानमन्त्री ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत हुन पनि आग्रह गरेका छन्।
‘ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसदजस्ता लोकतान्त्रिक संस्थाहरू मन पर्दैन, विगतमा गरेको संसद् विघटनलाई हामीले सडकबाट असफल पारेका थियौँ,’ पुनले भने, ‘उहाँ (ओली)को मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने सोच छ। यसमा सचेत रहन म कांग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया