
बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद धवल शमसेर जबराले नेपालमा ९४ प्रतिशत ओमकार समुदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाए।
उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन। पुनः यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौं। जनता जागिसकेका छन्। यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन्। भोलि आन्दोलन हुन्छ।’
साथै उनले नेपाली जनता जागेको दिन यो संसद्लाई अप्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन्।
नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन समेत माग गरे।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया