बिएल संवाददाता
मुकुम्लुङ मासेर केबलकार निर्माण गर्ने व्यापारीको पक्षमा लागेको भन्दै ताप्लेजुङका पदम चेन्जि माबोलाई धरानमा कालोमोसो दलिएको छ।
आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा कालोमोसो दल्दै कुटपिट गरेका हुन्।
सार्वजनिक रुपमै केबलकारको पक्षमा लागेको र विरोधीहरूमाथि गालीगलौजमा उत्रिएको आरोप लगाउँदै कालोमोसो दलिएको संघर्ष समितिले जनायो।
जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतिलगायतको उपस्थित थिए।
माबोमाथि आक्रमण भएपछि प्रहरीले सुरक्षाका लागि भन्दै इलाका प्रहरी कार्यालय धरानमा लगिएको थियो।
माबोले भने आफूमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गरेका छन्। र आक्रमणकारीहरू विरुद्ध किटानी जाहेरी दिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया