बिएल संवाददाता
कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भयो : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भएको बताएका छन्।
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदीय समितिमा विचाराधीन विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन्।
उनले भने, ‘दुई पार्टी सत्तामा छन्, उनीहरूमा दम्भ सवार भएको छ। त्यो दम्भ सवार भएकाले संविधान, कानून, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ। कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन्। तर असत्य धेरै दिन टिक्दैन। सबैलाई थाहा छ। संसदको समितिमा विचाराधीन भएका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन। कानूनको खुलेआम उलङघन गरेर सरकार अगाडि बढेको छ। कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको छ।’
उनले संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम गर्नुको पछाडि राम्रो नियत नभएको पनि बताए।
उनले भने, ‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ। यसका पछाडि राम्रो नियत देखिदैन।’
उनले पार्टीबाट जानेहरू घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया