बिएल संवाददाता
उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरूमा नेपालमा बसेर केही गर्न सकिँदैन भन्ने खालको नकारात्मक भाष्य निर्माण भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित मनास्लु वर्ल्ड कलेजका नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरूलाई सम्मान कार्यक्रममा उनले वर्तमान समयमा युवाहरू स्वतन्त्र भएर काम गर्न सक्ने भन्दै नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण रहेको बताए।
उनले भने, ‘अहिले युवाहरूमा नेपालमा बसेर के हुन्छ र भन्ने खालको नकरात्मक कुराहरू उठिरहेको छ। तर म के भन्न चाहान्छु भने नेपालमा अवसर र स्वतन्त्रता छ। आफूले चाहे अनुसार अगाडि बढ्न सक्ने अवस्था छ। त्यसकारण नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण बन्छ भन्ने कुरा सोचेर अगाडि बढ्नु पर्छ।’
साथै, उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर भाष्य विकसित गर्न खोज्नेहरूले वर्तमान अवस्थालाई अध्ययन गर्नुपर्ने बताए।
उनले भने, ‘व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर भाष्य विकसित गर्न खोज्नेहरूले पनि के कुरा बुझ्नुपर्यो भने नेपाल प्रजातन्त्रमा गएपछि शिक्षा, कला, सबै क्षेत्रमा धेरै ठूलो परिवर्तन आएको छ।’
उनले विद्यार्थीहरूलाई पनि आफ्नो लक्ष्य प्राप्त गर्नको लागि मेहनत र अनुशासन आवश्यक हुने सुझाव दिएका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया