बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय बिघा जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरूको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन्।
उनले भने, ‘अहिले १४ सय बिघामा २ सय बिघामात्रै बाँकी छ। पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके। त्यससम्बन्धी पटक-पटक आवाज उठाउँदै आएको छु। विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौं।’
उनले आफूले पनि यस सम्बन्धमा काम गरिरहेको बताउँदै आगामी बैठकमा जग्गा हडप्ने नेताहरूको नाम सार्वजनिक गरिदिने चेतावनी पनि दिए।
‘अहिले वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, म आफैं पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन-कुन नेताले कति-कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु,’ उनले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया