बिएल संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले ल्याएका कुनै पनि विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हुन नहुने बताएका छन्।
प्रेस युनियनको शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन अन्तर्गत बुधबार काठमाडौंको साँखुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दान दिएको बिषय नभएको बताएका हुन्।
‘विश्वभर सफ्टपावरका रूपमा रहेको संचार माध्यमलाई इग्नोर गर्दा धेरै सरकारहरू पछुताएका छन्। मिडियाको कुरा इग्नोर गर्ने होइन सुन्ने हो। सरकारले मिडियाको कुरा सुन्नुको साटो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरू ल्याएर मिडियालाई तर्साउन र स्वतन्त्रताको घाँटी निमोठ्न खोज्दैछ’ शिवाकोटीले भने।
उनले अगाडी थपे, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दान दिएको बिषय होइन, मिडिया सरकारको कन्ट्रोलमा हुनुहुँदैन, सरकारले ल्याउने विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी नियन्त्रण गर्ने हुनुहुँदैन।’
उनले नेपाली कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हिमायती भएको भन्दै लोकतन्त्रको जग बलियो बनाउन लोकतन्त्रमा प्रेसलाई नै कमजोर होइन बलियो बनाउनु पर्नेमासमेत जोड दिए।
शिवाकोटीले कांग्रेस र प्रेस युनियनको सम्बन्धसमेत सुधार गर्दै जानुपर्ने बताए। यस्तै ट्रेड युनियन अभियानलाईसमेत युनियनले शसक्त बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘पत्रकार महासंघले पनि ट्रेड युनियन अभियान चलाउन कमजोरी गर्नुहुँदैन, त्यसको नेतृत्व युनियनले नै गर्नुपर्छ’ शिवाकोटीले भने।
मंगलबार सुरु भएको प्रेस युनियनको राष्ट्रिय सम्मेलनमा देशभरका युनियनका प्रदेश र जिल्ला सभापतिहरू सहभागी छन।
सम्मेलन बुधबार साँखु-काठमाडौं घोषणापत्र जारी गर्दै सकिँदैछ ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया