बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको माओवादी हिंसाको कारण मुलुक २० वर्षपछि धकेलिएको बताएका छन्।
बुधबार पाल्पाको पूर्वखोलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा ००७ सालपछिको ६० वर्ष राजाको शासक बन्ने आकांक्षा र त्यसैबीचमा माओवादीले सुरु गरेको हिंसाका कारण देशले दुःख पाएको दाबी गरेका हुन्।
महामन्त्री थापाले २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर प्रजातन्त्र हरण गर्दा पनि देशले ३० वर्ष दुःख पाएको बताए।
त्यस्तै उनले कांग्रेसलाई मिसन ८४ भन्ने अधिकार नरहेको पनि बताए। उनले बाँकी ३ वर्षको अवधिमा आफ्ना बाचाहरू पूरा गर्नुपर्ने बताए।
उनले भने, ‘प्रजातन्त्र स्थापना हुनासाथ माओवादीले जनयुद्धका नाममा थोपरेको हिंसाले गर्दा देश बिसौं वर्षपछि परेको यथार्थ हो। त्यसपछिको १० वर्ष संविधान बनाउन र त्यसको व्यवस्थापमा थप १० वर्ष लाग्यो। अब अहिले ८० को दशकमा देश ठिक दिशामा जान लाग्दा फेरि एकथरी प्रवृति आएको छ- केही भएन देश बिग्रियो भत्कियो र बस्नै लायक भएन भन्ने। सबै ठिक छ भन्ने र केही भएन भन्ने दुवै प्रवृति गलत हुन्।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया