बिएल संवाददाता
महामन्त्री विश्वप्रकाश शर्माले देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको बताएका छन्।
बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले ००७ सालको क्रान्तिले सुरु गरेको सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको राष्ट्रिय अभियान खण्डित भएको भन्दै हाल ती समस्याहरूको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको बताएका हुन्।
उनले भने, ‘००७ सालको क्रान्तिले सुरु गरेको जुन राष्ट्रिय अभियान थियो सामाजिक रुपान्तरणको, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको। त्यो खण्डित भएपछि आज समस्याहरूको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको छ।’
उनले नेपाली कांग्रेसको वर्तमान पुस्ताले अघिल्लो पुस्ताले गरेको योदानलाई हृदयमा राखेर देशका लागि आफूलाई तयार गर्नुपर्ने बताए।
उनले भने, ‘नेपाली कांग्रेसको राजनीतिमा पछिल्लो समय जो छौ सबैले अघिल्लो पुस्ताले गरेको योगदानलाई हृदयमा राखेर त्यो अनुभवलाई लिएर आफूलाई दीक्षित गरेर आगामी दिनमा पार्टी, समाज र देशको लागि आफूलाई तयार गर्नुपर्छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया