बिएल संवाददाता
महामन्त्री विश्वप्रकाश शर्माले देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको बताएका छन्।
बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले ००७ सालको क्रान्तिले सुरु गरेको सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको राष्ट्रिय अभियान खण्डित भएको भन्दै हाल ती समस्याहरूको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको बताएका हुन्।
उनले भने, ‘००७ सालको क्रान्तिले सुरु गरेको जुन राष्ट्रिय अभियान थियो सामाजिक रुपान्तरणको, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको। त्यो खण्डित भएपछि आज समस्याहरूको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको छ।’
उनले नेपाली कांग्रेसको वर्तमान पुस्ताले अघिल्लो पुस्ताले गरेको योदानलाई हृदयमा राखेर देशका लागि आफूलाई तयार गर्नुपर्ने बताए।
उनले भने, ‘नेपाली कांग्रेसको राजनीतिमा पछिल्लो समय जो छौ सबैले अघिल्लो पुस्ताले गरेको योगदानलाई हृदयमा राखेर त्यो अनुभवलाई लिएर आफूलाई दीक्षित गरेर आगामी दिनमा पार्टी, समाज र देशको लागि आफूलाई तयार गर्नुपर्छ।’
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया