बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।
विद्यार्थी संगठन नबनाउने रास्वपाको नीतिअनुसार दलगत हुने गरी उम्मेदवार खडा नगर्ने निर्णय भएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
त्रिभुवन विश्वविद्यालयबाट अन्तर्गतका सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचनको तयारी छ। उक्त निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूलाई समर्थन गर्ने रास्वपाले निर्णय गरेको छ।
अन्य पार्टी निकट विद्यार्थी संगठनहरू भने निर्वाचनको तयारीमा जुटिसकेका छन्। स्ववियुमा मुख्यतः कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया