बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा केन्द्रीत भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
नेकपा एमाले कास्कीको वडा केन्द्रीत पार्टी निर्माण अभियानको शुक्रबार पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले त्यस्तो आह्वान गरेका हुन्। उनले आगामी चुनावमा हरेक मतदान केन्द्रमा ४० वर्ष मुनिका ६० प्रतिशत मतदाता रहने आँकडा प्रस्तुत गर्दै तिनै मतदातालाई ध्यानमा लिएर संगठन निर्माण तथा सदस्यता वितरण गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए।
विज्ञान प्रविधिको विकाससँगै समाज सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त हुँदै गएको र त्यसको प्रभाव हरेक घर र परिवारमा परिरहेको अवस्थामा घरको मुली आमालाई केन्द्रीत गरेर संगठन बिस्तार अभियान चलाउन पनि उनले आग्रह गरे।
उनले भने, ‘जुन पार्टी महिलाहरूका बीचमा अलि ज्यादा पुग्दछ त्यो पार्टी बलियो हुन्छ। यो कुरा कमरेडहरूले बुझ्नुपर्ने कुरा हो। यो अभियानले ध्यान दिनुपर्ने कुरा हो। किनभने लोकतन्त्र भनेको संख्याले निर्धारण गर्दछ। चेतनाले मात्र लोकतन्त्रलाई चलाउँदैन।’
त्यस्तै उनले मोबाइल फोनको विकासले एकै परिवारको भोट धेरैतिर बाँडिएको दाबी गरे।
उनले भने, ‘पहिले पहिले घरमूलीले कुरा बुझेपछि परिवारको भोट एकैतिर आउँथ्यो,’ उनले मोबाइल देखाउँदै भने, ‘आजभोलि यो भाँडोले गर्दाखेरी परिवारको भोट १० तिर बाँडिन थालेको छ।’
अहिले संसदका ठुला पार्टी मिलेर सरकार बनाइएको भए पनि आगामी चुनावमा कांग्रेस र एमालेले छुट्टाछुट्टै चुनाब लड्ने दाबी गर्दै नेता पोखरेलले साना पार्टीले ठुला पार्टीमाथि शासन गर्ने प्रवृत्ति बिरुद्ध अहिले कांग्रेस र एमालेले गठबन्धन गर्नु परेको दाबी गरे।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया